×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जाजरकोटको नलगाड नगरपालिकामा माओवादी विजयी

जाजरकोटको नलगाड नगरपालिकामा माओवादी विजयी

काठमाडौं। जाजरकोटमा वडाध्यक्ष गुमाएको नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।

आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।

यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस्