×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

दाङ-काठमाडौं हवाई भाडामा छुट

दाङ-काठमाडौं हवाई भाडामा छुट

मङ्सिर २३, २०८२

काठमाडौं । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौंसम्मको यात्रा गर्दा रु ८ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु  ७ हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको हो । हाल टरिगाउँबाट हप्तामा चार दिन उडान भइरहेको छ ।

सबै पढ्नुहोस