तीन वटा संसदीय समितिको बैठक बस्दै
असोज ५, २०८३काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्ने भएको हो । बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
सबै पढ्नुहोस