रामेछापमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु
मङ्सिर १३, २०८२काठमाडौं । रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँको बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६६ वर्षीया थानसिङ्गे साइँली भनेर चिनिने गंगामाया तामाङको गएराति चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए । गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि आउने तथा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुग
सबै पढ्नुहोस