आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा
साउन २२, २०८२काठमाडौँ । आफ्नो माग पूरा नभएपछि शिक्षक महासंघ बैठकमा जुटेको छ । बिहीबार दिउँसो १ बजेपछि बबरमहलमा महासंघको बैठक सुरु भएको हो । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि अब के गर्ने भन्नेबारे रणनीति बनाउन बैठकमा बसिरहेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । यसैबिच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विधेयकमाथि छलफल चलिरहेको छ ।
सबै पढ्नुहोस