४१ अंक घट्यो सेयर बजार
साउन २०, २०८२काठमाडौं । मंगलबार सेयर बजार ४१.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८३४ मा झरेको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिमसम्म रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३३ करोडको भयो । ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।
सबै पढ्नुहोस