तीन दिनपछि बढ्यो सेयर बजार
साउन १९, २०८२काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ । गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो । आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १ स् १२ बजे न्यूनतम २८३३
सबै पढ्नुहोस