‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
असार ८, २०८२काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौँ आइपुगेका हुन् ।
सबै पढ्नुहोस