महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजबाट सवारी साधन आउ–जाउ गर्न रोक
साउन २९, २०८२काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन भएको थियो । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको समेत आउ–जाउ बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस