जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ
जेठ ४, २०८२काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जना पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
सबै पढ्नुहोस