काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।