अनेरास्ववियुको निर्वाचन : आज राति ८ बजेदेखि मतदान हुने
जेठ २८, २०८२काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ । दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ ।
सबै पढ्नुहोस