चन्द्रागिरिमा १७ वर्षीया किशोरीको हत्या, मोबाइलले खोल्यो पोल
पुस ४, २०८१काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएको भन्दै प्रहरी वृत्त थानकोटमा निवेदन पर्यो । २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङ हराएको भन्दै निवेदन परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा ३ पुस दिउँसो ३ बजेतिर तामाङको शव फेला पर्यो ।
सबै पढ्नुहोस