बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ
मङ्सिर ३, २०८१काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए । गु
सबै पढ्नुहोस