×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार

सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार

मङ्सिर २, २०८१

काठमाडौं । आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो । बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।

सबै पढ्नुहोस