×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रोलिंगी महिला उम्मेदवार

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रोलिंगी महिला उम्मेदवार

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् ।

मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए । मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नैपर्ने शहरका रूपमा कीर्तिपुरको विकास गर्ने पनि उनले योजना सुनाइन् ।

प्रतिकृया दिनुहोस्