×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बिहान ८ बजे बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी बसेको हो । 

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको  ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । 

यस्तै नेताहरूको कार्यविभाजन, विधानमा देखिएको अस्पष्टता, वामपन्थी दलहरूबिच पार्टी एकता लगायत विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । 

यसअघि प्रचण्डले पेस गरेको  मौखिक प्रतिवेदनमाथि नेताहरू आ–आफ्ना सुझाव दिएका थिए । बैठक सकिएपछि आजै दिउँसो  १ बजेदेखि केन्द्रीय बैठक सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्