×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

४ अंकले घट्यो सेयर बजार

४ अंकले घट्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन ८ अंक घटेको सेयर बजार शुक्रबार ४.०० अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७२४ अंकमा कायम भएको छ । दिउँसो पौने १ बजेतिर नेप्से हरियो देखिए पनि धेरैजसो समय रातो अंकमै रह्यो ।

आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो भने १२ को स्थिर रह्यो । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । निर्जीवन बीमा ०.३३, अन्य ०.१८ तथा व्यापार ०.३७ प्रतिशत बढे ।

बैंकिङ ०.१२, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.२५, लगानी ०.०९, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४९ तथा माइक्रोफाइनान्स ०.३४ प्रतिशत घटे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ५३१.७० रुपैयाँ तथा एपोलोको ४५५.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको १३.१ तथा हिमाल दोलखा हाइड्रोपावरको ४ प्रतिशत मूल्य बढ्यो । कालिन्चोक हाइड्रोपावरको मूल्य १०.६६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ४.४३, झापा इनर्जीको ३.२५ तथा घोराही सिमेन्टको ३.१२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर तथा रिलायन्स स्पिनिङ मिल्स छन् ।

प्रतिकृया दिनुहोस्