गाउँ फर्किनेलाई ६ महिनासम्मको खाद्यान्न, एक लाख अनुदान
असोज ९, २०८१काठमाडौं । बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि पर्वतको महाशिला गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको छ । पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो । पालिकाले महाशिलामा फर्केर आउनेलाई १ लाख रुपैयाँ अनुदान र ६ महिनासम्म पुग्ने खाद्यान्न दिँदै आएको छ । पालिका उपाध्यक्ष धनसुबा विकले बसाइँ सरेर अन्तै गएकालाई गाउँमै फर्किन आकर्षित गर्न यो कार्यक्रम ल्याएको बताइन्
सबै पढ्नुहोस