सर्वोच्चले थाल्यो टेन्ट टाँगेर सेवा
भदौ २९, २०८२काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे
सबै पढ्नुहोस