जनमत पार्टीका केन्द्रीय सदस्यसहितका युवा जसपा नेपालमा प्रवेश
पुस २८, २०८१काठमाडौं । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दीपेन्द्र मधेसीसहित जनमत पार्टीका दर्जनौँ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्। आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरू प्रवेश गरेको यादवको सचिवालयले जनाकारी दिएको हो ।
सबै पढ्नुहोस