नुवाकोट-१ मा पूर्वमन्त्री तामाङले गराए उम्मेदवारी दर्ता
माघ ६, २०८२नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान सांसदसमेत रहिसकेका तामाङले यसै क्षेत्रमा यसअघि निर्वाचन जित्दै आएकोमा पुनः उम्मेद्वारी दिएका हुन् । २०६४ को पहिलो र २०७० मा दोस्रोे संविधानसभा निर्वाचनमा काँग्रेस नेता डा।रामशरण महतसँग झिनो मतान्तरले पराजय भोगेका उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनै महतलाई पराजित गर्दै सांसदमा विजयी भएका थिए ।
सबै पढ्नुहोस