राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी
चैत २, २०८२काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियाविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने डानी ओल्मो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि ओसो र डिज बरिल सोले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको २८ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । 
सबै पढ्नुहोस