×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ ।

मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्