×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद (नामावली)

यी हुन् बहादुरसिंह लामाको पक्ष-विपक्षमा देखिएका सांसद (नामावली)

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् ।

उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा बहुमत सांसद उभिएका छन् । लामाको पक्षमा १५ सांसद देखिएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । उनको विपक्षमा २२ सांसद देखिएका छन् । कूल ३७ सांसद रहेको कांग्रेसका बहुमत सदस्यले लामालाई संसदीय दलको नेताप्रति विश्वास नरहेको जनाएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ मा मंगलबार थप एकजना थपिएका हुन् । श्याम खड्काले मंगलबार मन्त्री पदबाट राजीनामा दिएर लामाको विपक्षमा देखिएका हुन् । लामाले संसद दलमा विश्वासको मत गुमाउँदा केन्द्रको छाया समेत देखिएको छ । केन्द्रीय नेता अनुसार सांसदहरू विभाजित भएका छन् ।

महामन्त्री गगन थापा पक्षधरले लामालाई संसदीय दलबाट हटाउने पक्षमा देखिएका छन् । महामन्त्री गगन थापा निकट चिनिएका पुकार महर्जन, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङकिला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ र श्रीराम लामिछाने संसदीय दलबाट लामा हटाउने पक्षमा देखिएका छन् ।

सभापति शेरबहादुर देउवातिरका सांसद दुवैतिर विभाजित छन् । नेता प्रकाशमान सिंह पक्षका सांसद पनि दुईतिर देखिएका छन् । सिंहनिकट प्रदेश सांसद कञ्चन वादे र दिपेन्द्र श्रेष्ठ संसदीय दलका नेता लामालाई हटाउन साथ दिए भने त्यही पक्षकी सांसद हरिप्रभा खड्गी अविश्वासको प्रस्तावको विपक्षमा देखिइन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पक्ष निकट श्याम खड्का अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन् ।

पक्षमा उभिएका १५ सांसद 

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. क्षत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

लामाको विपक्षमा देखिएका २२ सांसद

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तामाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३ याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ 

प्रतिकृया दिनुहोस्