×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । 

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरिएको छ ।  भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने नेकपाले माग गरेको हो । 

यस्तै नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।  विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो । 

यसैगरी बैठकले जेनजी विद्रोह सफल भएपनि जेनजीहरु आफ्नो एजेण्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । 

जसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।  

  5d783374-7366-4ffd-ab63-7923568aae5788eab53e-30e1-4fec-8766-7731617873a9395ffe76-b661-4168-92b7-4e8005fa0551

 

प्रतिकृया दिनुहोस्