×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कुलमानलाई हटाएकोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

कुलमानलाई हटाएकोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।

बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । ‘हामी चाहन्छौं- सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’, बस्नेतले भने ।

प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सूरु हुन नदिने उनको आग्रह छ ।

प्रतिकृया दिनुहोस्