×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै

काठमाडौं । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।

असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

प्रतिकृया दिनुहोस्