×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्ट

काठमाडौं । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको पदावधि तीन वर्ष हुनेगर्छ ।

बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल  र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्