×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

नेपाली कलाकार सुनिल पोखरेललाई ‘हलिउड वाक अफ फेम’को सम्मान

नेपाली कलाकार सुनिल पोखरेललाई ‘हलिउड वाक अफ फेम’को सम्मान

काठमाडौं । नाटक निर्देशक तथा अभिनेता सुनिल पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’बाट सम्मानित हुने सम्भवतः पहिलो नेपाली कलाकार बनेका छन् । उनको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय थलोमा बिच्छाइएको छ ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्य अभिनेत्री निशा शर्माले यसबारे जानकारी दिएकी छन् । पोखरेल पहिलोपटक ‘वाक अफ फेम’मा समावेश हुने नेपाली कलाकार बनेको उनले उल्लेख गरेकी छन् ।

‘तिमीमा गर्व छ माया’ पोखरेलकी पत्नी समेत रहेकी शर्माले उल्लेख गरेकी छन् ।

फिल्म, संगीत, नाटक, अभिनेता, निर्माता, निर्देशक, सांगीतिक र नाट्य समूह, काल्पनिक पात्रहरुको सम्मानका लागि वाक अफ फेममा नाम राखिने गरेको छ । हलिउड चेम्बर अफ कमर्सको स्वामित्व रहने यो थलो कलाकारका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ ।

२.१ किलोमिटर लामो ‘वाक अफ फेम’ हेर्न वर्षेनी १० मिलियन भन्दा बढी पर्यटक पुग्ने गर्छन् । सन् २०२३ सम्म २ हजार ७५२ स्टार यसमा समावेश भएका छन् । पोखरेल लामो समयदेखि नेपाली नाटक निर्देशन र अभिनयमा समेत व्यस्त छन् । उनले केही नेपाली फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्