×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोटका लागि उपसमिति गठन

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोटका लागि उपसमिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको उनले बताए । उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ । उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् ।

प्रतिकृया दिनुहोस्