काठमाडौँ । दिवङ्गत पत्रकार कृष्ण सेन इच्छुक प्रहरी हिरासतमा रहँदाको संघर्षलाई जोडेर निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सेनको तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहका क्रममा प्रहरी हिरासतमा निधन भएको थियो । महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत रहेको गीतमा रमण थामीको स्वर छ ।