काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।