×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११ प्रतिशतले निर्यात घटेको छ । 

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो । 

साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । 

प्रतिकृया दिनुहोस्