तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

काठमाडौं । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।

उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे । टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

प्रतिकृया दिनुहोस्