×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

काठमाडौं । धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको मृत्यु भएको हो ।

बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

यसअघि बुधबार  नै मधेश प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर  दुई जना किसानको मृत्यु भएको थियो ।

मधेशमा खडेरीका कारण किसानहरूले धान रोप्न पाएका छैनन् भने रोपिसकेको धान सुक्न थालेपछि किसानहरूले विकल्पको रूपमा विद्युती मोटरबाट सिँचाइ गरिरहेका छन् । विद्युतीय मोटर प्रयोगमा सावधानी अपनाउन नसक्दा करेन्ट लागेर मधेशमा दिनहुँ जसो किसानले ज्यान गुमाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्