काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।
जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।