×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियु क्रान्तिकारीको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने

अनेरास्ववियु क्रान्तिकारीको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ । नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो । यी प्रदेशको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

‘२३ औँ राष्ट्रिय सम्मेलनको मिति २०८१ माघ १२ गते शनिवारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भएकोमा मिति २०८१ माघ १४ गते मध्यान्ह १२ः ०० बजेबाट सुचारु गरिने ब्यहोरा सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

शनिबार बेलुका ८  बजेबाट मतगणना सुरु गर्ने भनिएकोमा आचार संहिता र मतपत्रमा प्रयोग भएको रंगको विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षबिच विवाद भएको थियो । विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मतदाता रहेका छन् । अन्य प्रदेशको भने मतगणना सकिएको छ । अहिलेसम्म गनिएको मतगणनामा सापकोटा २० मतले अगाडि छन् ।

प्रतिकृया दिनुहोस्