×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्पेन प्रकरण : भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

स्पेन प्रकरण : भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोह विरुद्ध प्रहरीमार्फत अनुसन्धान हुने भएको छ । सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले प्रहरीमार्फत यो मामिलामा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रारम्भिक जाँचबुझमा असम्बन्धित व्यक्तिहरू समेत गएको हुनसक्ने देखिएपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र त्यसअन्तर्गत रहेको मानवबेचबिखन अनुसन्धान ब्यूरोले यो मामिलामा जानकारी संकलन गर्ने काम सुरु गरिसकेको ब्रिफिङ सुनाएका थिए ।

‘त्यसक्रममा प्रहरीलाई थप अनुसन्धान गर्ने जिम्मा दिने र अध्यागमनले त्यसमा सहयोग गर्ने निर्णय भयो’, ती अधिकारीले भने ।

उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्