×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डको प्रतिवेदन माथि छलफल सुरु, केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने अवसर

प्रचण्डको प्रतिवेदन माथि छलफल सुरु, केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने अवसर

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ ।

विगतका बैठकहरुमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिन्थ्यो । तर यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरुलाई सीधै बोल्न दिइएको छ ।

प्रतिकृया दिनुहोस्