काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १२०० सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार तिन सय रुपैयााँमा कारोबार भैरहेको छ ।