×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फ्यानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

फ्यानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं । फूल खेती व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारण सभा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ र उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका छन् भने महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राज कृष्ण बजगाईं रहेका छन् ।

यस्तै कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्