×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

१८ हजार मूल्यमा नेपाल भित्रियो ‘रेड्मी ए सेभेन प्रो’, २ वर्षको वारेन्टी

१८ हजार मूल्यमा नेपाल भित्रियो ‘रेड्मी ए सेभेन प्रो’, २ वर्षको वारेन्टी

काठमाडौँ । साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘रेड्मी ए सेभेन प्रो’ (Redmi A7 Pro) सार्वजनिक गरेको छ । सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार कलर अप्सनमा उपलब्ध फोनमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिलिमिटरको स्लिम बडी रहेको छ ।

फोनमा १२० हर्जको रिफ्रेस रेट सपोर्ट छ भने ८०० निट्सको ब्राइटनेस क्षमताका कारण कडा घाममा पनि डिस्प्लेमा दृश्य स्पष्ट देखिने कम्पनीले जनाएको छ । डिस्प्लेमा रहेको डीसी डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्ने बताइएको छ ।

६,००० एमएएच क्षमताको ब्याट्रीका लागि १५ वाटको फास्ट चार्जिङ सपोर्ट पाउन सकिन्छ । फोनमा १३ मेगापिक्सेलको एआई डुअल रियर क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

ठुलो सेन्सर र नाइट मोड सुविधाका कारण कम प्रकाश भएका स्थानमा पनि राम्रो तस्बिर खिच्न सकिने कम्पनीले दाबी गरेको छ । फोनमा २०० प्रतिशतसम्मको ‘भोल्युम बुस्ट’ सुविधा छ ।

यसको अर्को महत्त्वपूर्ण पक्ष ‘वेट टच टेक्नोलोजी २.०’ हो, जसका कारण भिजेको, तेल वा साबुन लागेको हातले समेत फोनको स्क्रिन सहजै चलाउन सकिन्छ ।

१२ एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन इन्टरनेट ब्राउजिङ, भिडिओ स्ट्रिमिङ, हल्का गेमिङ र मल्टिटास्किङका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ ।

साओमीको नयाँ ‘हाइपर ओएस’ र यूएफएस २.२ स्टोरेज प्रविधिको संयोजनले एप खुल्ने समय कम गरी फोनको समग्र कार्यक्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले यो स्मार्टफोनमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । फोनमा २ टीबीसम्म थप्न मिल्ने एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको फोनको मूल्य नेपाली बजारमा १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिकृया दिनुहोस्