×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नयाँ नेतृत्व चयनको माग गर्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा

नयाँ नेतृत्व चयनको माग गर्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा

काठमाडौं । चुनावबाट नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।

‘पार्टीले हाम्रा माग सम्बोधनको सुनिश्चित गरी सर्कुलर नगरेसम्म आमरण अनसन जारी हुन्छ,’ रावलले भने ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा सुरु २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । अध्यक्ष मण्डलको बैठकले स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्