×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष  तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी र नयाँ सरकार बनाउने वा गिराउने दाउमा नरहेको बताएका छन् । 

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ठ पारे । 

उनले भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।”
 

प्रतिकृया दिनुहोस्