×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि बस्दै छन् ।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले  बताए । 

प्रतिकृया दिनुहोस्