काठमाडौं । आइतबार नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २७ सयले बढेर प्रतितोला २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४९४५ मा कारोबार भइरहेको छ ।