×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रातिदेखि अवरुद्ध पुर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा

रातिदेखि अवरुद्ध पुर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं । शुक्रबार रातिदेखि अवरुद्ध पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो ।

आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।

दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने खण्डको करिब २० किलोमिटर सडक पीच हुन बाँकी छ ।

निर्माणाधीन सडकका कारण सो खण्डमा वर्षा हुने बित्तिकै सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्