×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ ।

श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।

आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए ।

घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद भएपछि श्रीमतीको हत्या गरेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्