×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अवरुद्ध भएको बिपी राजमार्गको रोशी खण्ड खुल्यो

अवरुद्ध भएको बिपी राजमार्गको रोशी खण्ड खुल्यो

काठमाडौं । बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ ।

रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा  रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ ।  बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ ।

वर्षा भइरहेकोले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।
 

प्रतिकृया दिनुहोस्